६ जेष्ठ २०८१, आइतबार

ओलीसँगको भेटपछि प्रचण्डले भने – मन्त्रिपरिषद् आजै विस्तार हुन्छ


प्रचण्ड बालकोट फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् आजै विस्तार हुने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको भेटवार्तापछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको छ । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रधानमन्त्री प्रचण्डले भने, “सरकारले पूर्णता पाउनेबारेमा सबै कुरा आजै टुङ्गोमा पुग्छ ।”

सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, “विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ ।” सभामुखको निर्वाचनका बारेमा पनि भोलिको छलफलमा निष्कर्षमा पुगिने सङ्केत उनले गरे ।

आजको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन, आगामी रणनीति र शक्ति सन्तुलन मिलाउनेबारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री दाहालले सङ्केत गरे ।

यो पनि पढ्नुहोस्

मन्त्रालयको भागबण्डा आजै टुंगिन्छ : प्रधानमन्त्री प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु