१५ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने गठबन्धनका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि बैठक पुन: आज बिहान ८ बजे बस्न लागेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजो प्रत्यक्षर्तफ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । हिजो मंगलबार बिहान र बेलुका छलफल गरेका गठबन्धनका दलहरूले प्रतिनिधिसभाको १६५ मध्ये १०० भन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरिएको थियो ।

१६५ सिटमध्ये १०० भन्दा बढी सिटमा सहमति जुटिसकेकोले आज अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । शीर्ष नेताहरुबीच एक दुई दिनभित्रै सिट बाँडफाँट टुङ्ग्याउने समझदारी भएको बटाइएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् ।

सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका गठबन्धन दलका नेताहरु प्रत्यक्षतर्फको भागबण्डा टुंगो लगाउन छलफललाई तीव्र दिएका हुन् । गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन ११ सदस्यीय कार्यदल गठन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !