२३ बैशाख २०८१, आइतबार

आजदेखि धनगढीमा डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्दै


डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं सत्याग्रही चिकित्सक डा. गोविन्द केसीले आजदेखि धनगढीमा सत्याग्रह सुरु गर्ने भएका छन् । आफ्नो माग पूरा गर्न दिएको समयसीमा सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् ।

आज साँझ ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी उनी फ्लाइटमार्फत् धनगढी लागेका हुन् । केसीले पछिल्लो समय सरकारसँग माग राख्दै आएका छन् । भदौ १२ देखि सुरु गर्ने भनिएको पूर्वनिर्धारित सत्याग्रह सरकारले केही समय माग मागेर पुरा गर्ने भनेपछि दुई साताका लागि स्थगित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !