२१ बैशाख २०८१, शुक्रबार

नेकपाको महासचिवबाट विप्लव निष्काशित, संयोजकमा धर्मेन्द्र बास्तोला

धर्मेन्द्र र हेमन्त पक्षद्वारा विप्लव पदमुक्त


विप्लव, धर्मेन्द्र र हेमन्त

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट कारवाहीमा परेर पदमुक्त भएका धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ ।

आज बुधबारदेखि चितवनमा बसेको धर्मेन्द्र र हेमन्त पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” लाई हटाउने निर्णय गरेको हो । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।

पार्टीको बहुमत केन्द्रिय सदस्यहरुको बैठकले बास्तोलालाई संयोजक तोकेको छ । पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए ।

यसअघि नेकपाका महासचिव विप्लवले पार्टीका सचिवालय सदस्य बास्तोला र वलीलाई पदमुक्त गरेका थिए । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै बैशाख १४ गते बुधबार कपिलवस्तुको शिवगढीमा विप्लव पक्षको बसेको सचिवालय बैठकले धर्मेन्द्र र सुदर्शनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै निष्काशन गरेको थियो ।

पार्टीलाई विभाजन गर्ने खालका गतिविधि गरेको आरोप लगाउदै विप्लवले उनीहरूलाई पदमुक्त गरेसंगै विप्लव नेतृत्वको नेकपा विभाजन भएको थियो । पार्टीवाट पदमुक्त भएका धर्मेन्द्र र सुदर्शन पक्षले अहिले नेकपाको महासचिवबाट विप्लवलाई पदमुक्त गर्दै निष्काशन गर्दै धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको हो ।

पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने धर्मेन्द्र र हेमन्त पक्षले दावी गरेको छ । भोलिसम्म चल्ने धर्मेन्द्र र हेमन्त पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ । धर्मेन्द्र र हेमन्त पक्ष स्थानीय तहको निर्वाचन बहिष्कार गर्नुपर्ने पक्षमा छन् भने विप्लव स्वतन्त्र र देशभक्त उम्मेदवारलाई समर्थन गर्नुपर्ने रणनीतिमा छन् ।

यो पनि पढ्नुहोस्

विप्लवबाट कारवाहीमा परेका हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले बोलायो केन्द्रीय समितिको बैठक

विप्लवको पार्टीवाट पदमुक्त भएका धर्मेन्द्र र हेमन्तद्वारा नयाँ पार्टी घोषणाको तयारी

धर्मेन्द्र र हेमन्त पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको विप्लवको स्पष्टोक्ति

विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, धर्मेन्द्र र हेमन्त पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !