२२ बैशाख २०८१, शनिबार

विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, धर्मेन्द्र र हेमन्त पदमुक्त


विप्लव केन्द्रिय कमिटी बैठक

काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन उन्मुख देखिएको छ । नेकपाका महासचिव विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) लाई पदमुक्त गरेका छन् ।

पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले धर्मेन्द्र र सुदर्शनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् । आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरुलाई निष्काशन गरेको हो ।

पार्टीलाई विभाजन गर्ने खालका गतिविधि गरेको आरोप लगाउदै विप्लवले उनीहरूलाई पदमुक्त गरेसंगै विप्लव नेतृत्वको नेकपा विभाजन नजिक पुगेको हो । पार्टीवाट पदमुक्त भएका धर्मेन्द्र र सुदर्शनले पार्टी घोषणा गर्ने तयारी समेत गरेको पनि बुझिएको छ ।

यस्तो छ विप्लव नेतृत्वको नेकपाले निकालेको प्रेस विज्ञप्ति

विप्लव नेतृत्वको नेकपाले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !