२० बैशाख २०८१, बिहिबार

धर्मेन्द्र र हेमन्त पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको विप्लवको स्पष्टोक्ति


विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको स्पष्टोक्ति दिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै विप्लव धर्मेन्द्र र हेमन्त पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको बताएका हुन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र र हेमन्तलाई पदमुक्त गरेसंगै विभाजन उन्मुख देखिएको छ ।

महासचिव विप्लवले वली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि, मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका मेडियाहरुमा छाडा तथा अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप पनि लगाएका हुन् ।

पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले धर्मेन्द्र र सुदर्शनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् । आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरुलाई निष्काशन गरेको हो ।

पार्टीलाई विभाजन गर्ने खालका गतिविधि गरेको आरोप लगाउदै विप्लवले उनीहरूलाई पदमुक्त गरेसंगै विप्लव नेतृत्वको नेकपा विभाजन नजिक पुगेको हो । पार्टीवाट पदमुक्त भएका धर्मेन्द्र र सुदर्शनले पार्टी घोषणा गर्ने तयारी समेत गरेको पनि बुझिएको छ ।

यस्तो छ विप्लव नेतृत्वको नेकपाले निकालेको प्रेस विज्ञप्ति

विप्लव नेतृत्वको नेकपाले निकालेको प्रेस विज्ञप्ति

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !