१५ बैशाख २०८१, शनिबार

एमाले कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी


एमाले

कालिकोट । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा अनुसार निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । उपाध्यक्षमा दयाराम सिंखडा विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढा विजयी भएका छन् ।

सहचिवमा व्यासी तिरुवा र मनराज शाही विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !