२६ बैशाख २०८१, बुधबार

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमति नभएका पदमा भोलि मतदान


एमाले अध्यक्ष मण्डलको बैठक फाइल फोटो

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सहमति नभएका पदमा भोलि सोमबार मतदान हुने भएको हो ।

एमालेको महाधिवेशनमा आइतबार राती बसेको एमाले अध्यक्षमण्डलको बैठकले सहमति नभएका पदमा मतदान गर्ने निर्णय गर्दै बैठकले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

उक्त निर्वाचन प्रक्रियालाई पूर्णता दिन मतदाता नामावली प्रकाशन गरिएको छ । आज आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिएपनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार राती नै मतदाता नामावली टाँस गरिदैछ । आइतबार राती नै उम्मेदवारी मनोनयन, सच्याउनेदेखि दाबी विरोध गरेर उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

आइतवार राति ११ बजेदेखि दशौं महाधिवेशनको निर्वाचन कार्यक्रम प्रारम्भ भएको छ । त्यस्तै ११ बजेदेखि ११:१५ बजेसम्म मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको छ ।

११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ । राति ११:३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ ।

यस्तै सोमबार बिहान साढे १२ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गरिनेछ । १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मध्यराती साढे १ बजेदेखि २ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

यस्तै अन्तिम उम्मेदवार नामावली सोमबार बिहान २ बजेर १० मिनेटमा प्रकाशन गरिनेछ । सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

एमालेको महाधिवेशनमा आएका प्रतिनिधि नै मतदाता हुन् । सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको हो ।

महाधिवेशनको चुनावी प्रक्रियालाई कानूनी रुपमा पनि प्रमाणित गर्न मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुको मनोनयन प्रक्रियालाई पूर्णता दिनुपर्ने हुन्छ ।

यस्तो छ हेर्नुहोस् एमालेले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका

एमालेले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका

यो पनि पढ्नुहोस्

एमाले अध्यक्ष मण्डलको बैठक जारी

ओलीका समर्थकले नाराबाजी गरेर रावलको यत्तिसम्म गरे अपमान

ओलीको इन्ट्रीपछि समर्थकद्वारा चर्को नाराबाजीपछि रावल बाहिरिए

ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !