१३ बैशाख २०८१, बिहिबार

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


ईश्वर पोखरेल र शंकर पोखरेल

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत देखिएको छ । सौराहामा रहेका एमालेका ओलीनिकट एक नेताका अनुसार अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाममा सहमति जुटाएको बताएका हुन् ।

ओलीनिकट ती नेताका अनुसार सर्वाधिक पेचिलो बनेको वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा पोखरेलद्वयले बाजी मारेका हुन् । लामो रस्साकस्सीपछि एमालेले केन्द्रिय सदस्य तथा पदाधिकारीको नाम टुंगो लगाएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले दावी नछोड‍ेपछि मुख्य पदमा सहमति जुटाउन ओलीलाई सकस देखिएको थियो । हिजोको बन्दसत्रले अध्यक्ष ओलीलाई सर्वसम्मतिमा पार्टीको भावी नेतृत्वको नाम पेश गर्ने सर्वाधिकार दिएको थियो ।

स्रोतका अनुसार बाँकी पदाधिकारीसहित ३०१ सदस्यीय कन्द्रिय किमटीको पनि टुङ्गो लागेको छ । टुंगो लागेको नामलाई अध्यक्ष ओलीले केहीबेरमा शुरु हुने बन्दसत्रमा पेश गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु