४ बैशाख २०८१, मंगलबार

ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी


ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेका छन् । केहीसमयअघि मात्रै ओली बन्दसत्र शुरु हुन लागेको होटल पार्क सफारीमा पुग्दा समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।

ओलीका समर्थकहरुले ‘वि लभ यू केपी बा’, ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नारा लगाइरहेका छन् । बाक्लो भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् ।

ओलीका समर्थकहरुले ‘पार्टी फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्दै उनीहरुले अध्यक्ष अर्का प्रत्यासी भीम रावलबिरुद्ध नाराबाजी गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु