७ बैशाख २०८१, शुक्रबार

ओलीका समर्थकले नाराबाजी गरेर रावलको यत्तिसम्म गरे अपमान


ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी

सौराहा । नेकपा एमालेको १० औँ महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष का समर्थकले अध्यक्षको अर्का प्रत्यासी समेत रहेका वर्तमान उपाध्यक्ष भीम रावलको बिपक्षमा नाराबाजी गरेर अपमान गरेका छन् ।

ओली बन्दसत्र शुरु हुन लागेको होटल पार्क सफारीमा पुग्दा समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् भने रावलको बिपक्षमा चर्को नाराबाजी गरेका हुन् । ओलीका समर्थकहरुले ‘पार्टी फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्दै उनीहरुले अध्यक्ष अर्का प्रत्यासी भीम रावलबिरुद्ध नाराबाजी गरेका हुन् ।

त्यस्तै ओलीका समर्थकहरुले ‘वि लभ यू केपी बा’, ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नारा लगाइरहेका छन् । बाक्लो भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् ।

ओलीको इन्ट्रीपछि समर्थकद्वारा चर्को नाराबाजीपछि रावल बन्दसत्र हलवाट बाहिरिएका छन् । उनी अध्यक्षमण्डलकाे बैठकमा सहभागी हुन बाहिरिएकाे बताइएतापनि सर्वसम्मतिको नाममा अध्यक्ष ओलीले एकलौटी गरेको भनेर असन्तुष्टि जाहेर गर्दै बाहिरिएको आशंका गरिएको छ ।

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत देखिएको छ । सौराहामा रहेका एमालेका ओलीनिकट एक नेताका अनुसार अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाममा सहमति जुटाएको बताएका छन् ।

ओलीनिकट ती नेताका अनुसार सर्वाधिक पेचिलो बनेको वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा पोखरेलद्वयले बाजी मार्ने बुझेपछि रावल असन्तुष्ट प्रकट गर्दै सम्भावित उक्त घोषणा हुनुअघि रावल बन्दसत्र बाहिरिएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

ओलीको इन्ट्रीपछि समर्थकद्वारा चर्को नाराबाजीपछि रावल बाहिरिए

ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !