२६ बैशाख २०८१, बुधबार

बारको चेतावनी : अदालतलाई युद्ध मैदान बनाइयो, घटनालाई अन्तर्राष्ट्रियकरण गर्छौं


नेपाल बार एशोसिएसन आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेपाल बार एसोसिएसनले अदालतलाई युद्ध मैदान बनाइएको भन्दै घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएको छ । नेपाल बारद्वारा आज बिहीबार जारी गरिएको विज्ञप्तिमा सर्वोच्च अदालतमा युद्धमा प्रयोग हुने एसएलआर जस्ता हतियार प्रवेश गराइएको उल्लेख गरिएको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सर्वोच्च परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न समेत माग गरिएको छ । बन्द नगरिए उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बारले चेतावनी दिएको हो ।

नेपाल बारले प्रधानन्यायाधीश जबराविरुद्ध जारी आन्दोलनमा प्रहरी दमन गरेर अदालतलाई युद्ध मैदान बनाउन खोजेको भन्दै आपत्ति जनाएको हो । आन्दोलनका क्रममा बिहीबार प्रहरीले बल प्रयोग गरी केही कानुन व्यवसायीहरूलाई धरपकड समेत गरेपछि एक दर्जन कानुन व्यवसायीहरू घाइते भएका थिए ।

यस्तै बारको आज बिहीबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अब कुनै हालतमा प्रधानन्यायाधीशले राजनीनामा नदिँदासम्म नरोकिने बताएको छ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन भोलि ३ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले अर्को चरणका थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । उनले हतियारधारी र दंगा प्रहरी परिचालन गरी आफूहरूको आन्दोलन दबाउने प्रयास भएको जिकिर गरेका छन् ।

यस्तो छ हेर्नुहोस् बारद्वारा जारी प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस् बारद्वारा जारी प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

सर्वोच्चको फुलकोर्टद्वारा गोलाप्रथाबाट इजलास तोक्ने कार्यविधि पारित

प्रधानन्यायाधीशलाई राजीनामा दिन बारले दियो भोलि ३ बजेसम्मको ‘अल्टिमेटम’

‘अमेरिकन इगल’ भन्दै वकिल कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की !

प्रधानन्यायाधीशले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक शुरु

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !