१२ बैशाख २०८१, बुधबार

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !


आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीहरुको आन्दोलन बिथोल्न पुगेकाहरुलाई नेपाल बार एशोसिएशन परिसरवाट वकिलहरुले लखटेका छन् ।

आन्दोलनरत वकिल कुट्ने र कालो कोट च्यातिदिने धम्की दिंदै चार जनाको समूहमा आएका युवाले बार परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई कुटपिटको धम्की दिएका थिए ।

कानुन व्यवसायीलाई धम्की दिँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै बार परिसरमा रहेका वकिलहरुले आक्रोश व्यक्त गर्दै उनीहरुलाई वकिलहरुले लखटेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले फुलकोर्ट राखेपछि बारले बोलायो आकस्‍मिक बैठक

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्ष श्रेष्ठलाई पनि पठाइयो अस्पताल

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !