१३ बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च स्रोतका अनुसार दिउँसो साढे १ बजेका लागि पूर्ण बैठक बोलाइएको हो ।

कानुन व्यवसायीको धर्नाका वावजुद प्रधानन्यायाधीश जबराले बिहीबारका लागि ९ इजलास गठन गरेका छन् । बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै ९ वटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेशी तोकेका हुन् ।

आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् । १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची समेत रहेको छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने यसअघि नै निर्णय गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्ष श्रेष्ठलाई पनि पठाइयो अस्पताल

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !