७ बैशाख २०८१, शुक्रबार

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य


पूर्णमान शाक्य

काठमाडौं । सर्वाेच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डुब्दै गएको घाम भएको टिप्पणी गर्दै उनलाई साथ दिने न्याधिशहरु पनि डुब्ने चेतावनी दिएका छन् ।

अध्यक्ष शाक्यले प्रधानन्यायाधीश जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीशहरूलाई समेत आग्रह गरेका हुन् । आज बिहीबार दिउँसो साढे १ बजे बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी हुन लाग्दा शाक्यले यस्‍तो बताएका हुन् ।

जबरालाई बल पुग्ने कुनै कार्य भएमा आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ रहेको छ । जबराले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुने उनको भनाइ छ । बेन्च सेयर गर्ने इजलासमा बहस नगर्ने अध्यक्ष शाक्यले चेतावनी दिए ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्ष श्रेष्ठलाई पनि पठाइयो अस्पताल

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !