२० बैशाख २०८१, बिहिबार

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्ष श्रेष्ठलाई पनि पठाइयो अस्पताल


चण्डेश्वर श्रेष्ठ फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरू र प्रहरीवीच झडप हुँदा गम्भीर घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई अस्पताल पठाइएको छ ।

सर्वोच्च परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका बार एसोसिएसनका अध्यक्ष श्रेष्ठलाई उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको हो । यसअघि प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका बारका केन्द्रीय सदस्य प्रकाश मर्हजनलाई पनि उपचारका लागि सोही अस्पताल लगिएको थियो ।

प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जनसहित १२ जना वकिलहरू घाइते भएकामध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको हो ।

यस्तै प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले हातपात गरेको छ । त्यस्तै वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा लगायत घाइते भएका छन् ।

यो पनि पढ्नुहोस्

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !