१४ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशले फुलकोर्ट राखेपछि बारले बोलायो आकस्‍मिक बैठक


नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएपछि र १२ जना कानुन व्यवसायी घाइते भएपछि बारले बोलाएको आकस्‍मिक बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बारका एक पदाधिकारी स्रोतका अनुसार प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत बारले आकस्मिक बैठक बोलाएएर थप आन्दोलनका रणनीति तय गर्ने बुझिएको छ । बैठकमा उपत्‍यकामा भएका पदाधिकारी, पूर्व पदाधिकारी र सल्‍लाहकार सिमितिका सदस्यलाई बोलाइएको हो ।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च स्रोतका अनुसार दिउँसो साढे १ बजेका लागि पूर्ण बैठक बोलाइएको हो । कानुन व्यवसायीको धर्नाका वावजुद प्रधानन्यायाधीश जबराले बिहीबारका लागि ९ इजलास गठन गरेका छन् ।

सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरू र प्रहरीवीच झडप हुँदा प्रहरीले लाठीचार्जवाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जनसहित १२ जना वकिलहरू घाइते भएकामध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको छ ।

यता सर्वाेच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डुब्दै गएको घाम भएको टिप्पणी गर्दै उनलाई साथ दिने न्याधिशहरु पनि डुब्ने चेतावनी दिएका छन् । अध्यक्ष शाक्यले प्रधानन्यायाधीश जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीशहरूलाई समेत आग्रह गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्ष श्रेष्ठलाई पनि पठाइयो अस्पताल

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !