६ जेष्ठ २०८१, आइतबार

आयुर्वेद पद्धतिबाट यसरी गरौं थाइराइडको उपचार


थाइराइडको उपचार

काठमाडौँ । आजकाल थाइराइड प्राय: जसोलाई हुने गरेको पाइन्छ । यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो । यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ ।

मानिसमा थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ ।

त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ । यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ । टीएसएचले थाइराइड हर्माेन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । हर्माेन कमीको समस्या पुरुष भन्दा महिलामा नै बढी देखिन्छ । थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ ।

मानिसमा थाइराइड हर्मोन कम हुँदा के हुन्छ ?

मानिसमा थाइराइड हर्मोन कम हुँदा शरीर गलेको महसुस हुने, शरीर सुन्निने, कपाल झर्ने, निन्द्रा नलाग्ने वा बढी लाग्ने, छाला फुस्रो हुने, महिनावारी गडबड हुने जस्ता लक्षण बढी देखिन थाल्दछ ।

थाइराइड हर्मोन बढी हुँदा के हुन्छ ?

थाइराइड हर्मोन बढी हुँदा तौल घट्दै जाने, शरीर तातो हुने, निन्द्रा नलाग्ने, मुटुको धड्कन बढेजस्तो हुने, हात-खुट्टा काँप्ने, चिडचिड पसिना आउने, बढी रिस उठ्ने जस्ता लक्षण देखिन थाल्दछन् , यस्ता लक्षण देखिएमा डाक्टरको परामर्शमा थाइराइड परिक्षण गराउनु पर्दछ ।

थाइराइडको उपचार

थाइराइडको उपचारमा काचनार गुग्गललाई महत्वपूर्ण औषधि मानिएको छ । यो औषधि लामो समयसम्म दिनाले शरिरमा भएका अन्य गीर्खा समेत यो औषधिको साहेताले फाल्ने काम गर्दछ । एलोपैथिकमा थाइराइडका थुप्रै औषधि भएता पनि यो औषधिलाई हानी रहित उपचारको रूपमा सेवन गराउन सकिने छ ।

आजकाल यो औषधि आयुर्वेदिक कम्पनीले बजारमा ल्याएको छ । विश्वासिलो कम्पनीको औषधि ल्याएर खाने गरेमा यसले यो रोगमा रामबाण काम गर्दछ । यस्ता औषधिले एउटा रोगको लागी खादा शरीरमा भएका अन्य खराबीलाई समेत नष्ट गर्ने काम गर्दछ ।

हाम्रो आग्रह यो छ की यस्ता औषधि नै बढी प्रयोग गरौं भन्ने हाम्रो राय छ । यसलाई पुरक रूपमा नलिनुहोला डाक्टरको परामर्शमा यसको उपचार गर्नु गराउनुपर्ने हुन्छ । यस्ता रोग आयदिन हरेक घर-घरमा देखिन थालेको छ । यसको उपचार आयुर्वेद पद्धतिबाट गराउदा राम्रो हुनसक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !