४ बैशाख २०८१, मंगलबार

प्रधानन्यायाधीशले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक शुरु


सर्वोच्च अदालत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको हो । सर्वोच्च स्रोतका अनुसार आज दिउँसो केही समयअघि पूर्ण बैठक शुरु भएको हो ।

कानुन व्यवसायीको धर्नाका वावजुद प्रधानन्यायाधीश जबराले बिहीबारका लागि ९ इजलास गठन गरेका छन् । बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै ९ वटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेशी तोकेका हुन् ।

आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् । १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची समेत रहेको छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने यसअघि नै निर्णय गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !

प्रधानन्यायाधीशले फुलकोर्ट राखेपछि बारले बोलायो आकस्‍मिक बैठक

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्ष श्रेष्ठलाई पनि पठाइयो अस्पताल

सर्वोच्च परिसरमा झडप हुँदा गम्भीर घाइते वकिललाई पठाइयो अस्पताल

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !