२२ बैशाख २०८१, शनिबार

संसदमै एमाले सांसदले सभामुख मुर्दावाद भनेपछि जंगिए सभामुख !


अग्नि प्रसाद सापकोटा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले आज बसेको प्रतिनिनिधिसभाको बैठकमा सभामुख मुर्दावाद भनेपछि जंगिए सभामुख अग्नि प्रसाद सापकोटा एमालेका सांसदसँग जंगिएका छन् ।

आज अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेपछि एमालेका सांसदले सभामुख अग्निप्रसाद सापकोटाकोबिरुद्ध मुर्दावाद भन्दै नाराबाजी गरेर संसद अवरुद्ध गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरेका थिए ।

एमालेका सांसदहरुले संसदीय मर्यादा नाघेर नाराबाजीमा गरेपछि सभामुख सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि अन्तत: सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमालेले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । एमाले प्रमुख सचेतक भट्टराईले उठाएको प्रश्नको उत्तर दिँदै सभामुख सापकोटाले आफूले नियम अनुसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताएका थिए । सोही क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरेका थिए ।

एमालेका सांसदहरुले प्रतिनिधिसभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका हुन् । एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन, सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता अमर्यादित नारा लगाएका थिए ।

सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतक लगायतबीच छलफल भएको थियो । संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेका थिए ।

तर अहिले संसदको दोस्रो बैठक शुरु भएपनि एमाले सांसदले फेरि नाराबाजी गरिरहेका छन् । अहिले पनि एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन, दल फुटाउने अध्यादेश ल्याउन पाइदैन, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदको सर्वोच्चता कायम गर’ जस्ता नारा लगाइरहेका छन् ।

यो पनि पढ्नुहोस्

एमालेले संसद अवरुद्ध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी, संसद बैठक अवरुद्ध गर्न सक्ने

सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्छ : महेश बस्नेत

संसद् अधिवेशनमा अवरोध गर्ने एमालेको तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !