९ जेष्ठ २०८१, बुधबार

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए । उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने उनले बताए।

नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न नसक्ने उनले बताए । प्रतिनिधिसभाको बैठक आज बुधबार (२३ भदौमा) बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !