२ असार २०८१, शनिबार

अमेरिकाले सन्दीप लामिछानेलाई फेरि दिएन भिसा


सन्दीप लामिछाने खुशीयाली

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेलाई अमेरिकाले फेरि भिसा नदिएको हो ।

सन्दीपले आज बुधबार दिउँसो सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी दिएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि अमेरिकी दूतावासले सन् २०१९ मा गरेको जस्तै गरेको छ । उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपका निम्ति मलाई भिसा दिन अस्वीकार गरे । नेपाली क्रिकेटका सुभचिन्तकहरूमा माफी माग्न चाहन्छु ।’

यसअघि २०७६ साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानको लागि आवेदन दिँदा पनि काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

बलात्कार मुद्दामा सफाइ पाइसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर भिसा नदिएपछि लामिछाने अमेरिका जान नपाएर नेपालमै रोकिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !