१३ बैशाख २०८१, बिहिबार

सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्छ : महेश बस्नेत


महेश बस्नेत फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महाअभियोग लगाउनुपर्ने बताए ।

सिंहदरवारमा जारी संसदीय दलको बैठकमा बोल्दै उनले सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्ने बताए। सभामुखले एमालेले कारवाही सिफारिस गरेपनि सभामुखले सूचना नटाँसेको भन्दै सभामुखको भूमिकाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !