२० बैशाख २०८१, बिहिबार

प्रदेश २ मा जसपाका थप २ सांसदले रोजे लोसपा


प्रहलाद गिरी गोस्वामी र डिम्पल झा

जनकपुर । प्रदेश २ का जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित थप २ जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उनीहरु आज जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसपामा सनाखत गरेका हुन् ।

जसपा छाडेर लोसपा रोज्ने सांसदहरुमा प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले रहेका छन् । यसअघि हिजो मात्र प्रदेश २ का जसपाबाट निर्वाचित १० जना सांसदले लोसपा रोजेका थिए । आज २ जनाले लोसपा रोजेसंगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ ।

लोसपाका पक्षमा पूर्व राजपाका २५ जना प्रदेश सांसदमध्ये हाल १५ जना लोसपाको पक्षमा खुलेका छन् । १५ जनामध्ये बाँकी रहेका अभिराम शर्मा, जितेन्द्र सोनल र उपेन्द्र महतोले भदौ २२ गतेसम्म सनाखत गर्ने बताइएको छ ।

प्रदेश-२ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेको थियो । जसमध्ये पूर्व राजपा परित्याग गरी ११ जना सांसद जसपामा गइसकेका छन् ।

यसअघि निर्वाचन आयोगले जसपाबाट विभाजित भई बनेको (लोसपा) का तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको थियो ।

आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रदेश २ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)

प्रदेश २ मा जसपाका १० सांसदले रोजे लोसपा

कर्णाली प्रदेशमा पनि एमालेका ३ जना सांसदले रोजे नेकपा (एस)

प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)

सुदूरपश्चिममा पनि एमालेका १० सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

भदौ २२ गतेसम्म एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न आयोगको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !