१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)


प्रदेश १ मा एमालेका १० सांसदले रोजे नेकपा (एस)

विराटनगर । प्रदेश १ का नेकपा (एमाले) बाट निर्वाचित १० जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एस) पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमाले छाडेर नेकपा (एस) रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।

१० जनाले नयाँ पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । अल्पमतमा परेपछि उनले अब विश्वासको मत लिनुपर्ने भएको छ ।

९२ सदस्यीय प्रदेश १ प्रदेशसभामा एमालेका ५१ सांसद थिए । दल विभाजन भएपछि नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदको संख्या ४१ जनामा झरेको छ ।

प्रदेशमा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलामा १/१ जना सांसद छन् । प्रदेशमा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको थियो ।

आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिममा पनि एमालेका १० सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

भदौ २२ गतेसम्म एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न आयोगको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !