१४ बैशाख २०८१, शुक्रबार

ओलीप्रति नेपालको आरोप : दक्षिणपन्थी भासमा फसे, नयाँ पार्टी खोल्नु बाध्यता हो


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेकोले नयाँ पार्टी खोल्न बाध्य हुनुपरेको बताएका छन् ।

नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलन काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी रहेको छ । नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन् ।

नेपालले ओलीले एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताको कारण नयाँ पार्टी गठन गरेको स्पष्ट परेका हुन् ।

नेपाल र विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै आफुहरुले पनि त्यसै गरेको बताए । आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको समेत दावी गरेका छन् ।
केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेको बताएपनि आज जारी पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध खरो रुपमा उत्रिएका छन् । उनले एमाले बिभाजनको सम्पूर्ण दोष ओलीको टाउकोमा बिसाउने प्रयत्न गर्न गरिरहेका छन् ।

हिजोको पत्रकार सम्मेलनमा ओली आक्रोशित मुद्रामा प्रस्तुत हुँदै ओलीले अधिकांश समय नेपाल र सभामुख अग्नि प्रसाद सापकोटाको आलोचना गर्न खर्चेका थिए । उनले एमाले विभाजनको सम्पूर्ण दोष नेपाललाई लगाएका थिए । आज नेपालले आम नागरिकको भ्रम चिर्ने कोशिशस्वरुप ओलीको हिजोको आरोपलाई खण्डन गर्दै एमाले विभाजनको दोष ओलीलाई लगाएर ‘आफू पानीमाथिको ओभानो’ बन्न खोज्दैछन् ।

यो पनि पढ्नुहोस्

पत्रकार सम्मेलनमा नेपालले भने- राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु नयाँ पार्टी चल्दैन भन्दैछन्

माधव नेपालको पत्रकार सम्मेलन : केपी ओलीमाथि आरोपको थुप्रो

नयाँ दल दर्ता गरेपछि नेपालले ओलीलाई टक्कर दिन पहिलो पटक पत्रकार सम्मेलन गर्दै

ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक, नेपालको पार्टीमा गएका नेतालाई कारबाही गर्ने

औपचारिक रुपमै फुटयो एमाले : ओली र नेपाल नदीका दुई किनारा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !