४ बैशाख २०८१, मंगलबार

नयाँ दल दर्ता गरेपछि नेपालले ओलीलाई टक्कर दिन पहिलो पटक पत्रकार सम्मेलन गर्दै


केपी ओली र माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

आज बिहीबार दिउँसो २ बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेट पत्रकार सम्मेलन आयोजना गर्न लगिएको हो । नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले बुधबार राती अबेर नयाँ दल दर्ताको प्रमाणपत्र पाएको थियो ।

सो पार्टीले दल दर्ता प्रमाणपत्र पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजित भएको हो । सो पार्टीका ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदले आजै निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेपछि हिजै राती नै आयोगले दर्ता प्रमाणपत्र दिइएको हो ।

केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेको बताएपनि आज हुने पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध खरो रुपमा उत्रने आंकलन गरिएको छ । उनले एमाले बिभाजनको सम्पूर्ण दोष ओलीको टाउकोमा बिसाउने प्रयत्न गर्ने सहजै अनुमान गर्न सकिन्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष ओलीले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले सुनको पिंजडा लगेर नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा लागेको आरोप हिजो लगाएका थिए ।

आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले राम्रो रिसोर्टमा मिठो खुवाए पनि पार्टीका साधारण कार्यकतादेखि स्थायी कमिटी सदस्यसम्मका नेता-कार्यकर्ताहरुलाई लोभ-प्रलोभनमा पारेर अपहरण शैलीमा जबरर्जस्ती चन्द्रागिरी लागेको टिप्पणी गरेका थिए ।

ओलीले एमाले फुटाउन नेपालले सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाएका थिए । बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको उनले बताएका थिए ।

सांसदहरु जस्ता मान्छेलाई थुनेर फकाइ-फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर-घरबाट तानेर थुनिएको कटाक्ष गरेका थिए । उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भएपनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरेका थिए ।

एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । पार्टी केन्द्रिय कार्यालयका सचिव शेरबहादुर तामाङले आज मध्यान्ह १२ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएसंगै पार्टी औपचारिक रुपमा विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आज बस्न लागेको केन्द्रिय कमिटी बैठकमा पार्टी विभाजन गरेर नेपाल समूहमा लागेका सवै नेताहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने कार्यालय सचिव तामाङले बताए ।

हिजोको पत्रकार सम्मेलनमा ओली आक्रोशित मुद्रामा प्रस्तुत हुँदै ओलीले अधिकांश समय नेपाल र सभामुख अग्नि प्रसाद सापकोटाको आलोचना गर्न खर्चेका थिए । उनले एमाले विभाजनको सम्पूर्ण दोष नेपाललाई लगाएका थिए । आज नेपालले आम नागरिकको भ्रम चिर्ने कोशिशस्वरुप ओलीको हिजोको आरोपलाई खण्डन गर्दै एमाले विभाजनको दोष ओलीलाई लगाएर ‘आफू पानीमाथिको ओभानो’ बन्न खोज्नेछन् ।

यो पनि पढ्नुहोस्

ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक, नेपालको पार्टीमा गएका नेतालाई कारबाही गर्ने

एमाले औपचारिक रुपमै फुटेकै दिन ओली नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल

पत्नी राधिका शाक्यको जन्मदिनमा ओली छमछमी नाचेको भिडियो हेर्नुहोस्

औपचारिक रुपमै फुटयो एमाले : ओली र नेपाल नदीका दुई किनारा

अन्तत: दर्ता भयो माधव नेपालको दल नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु