१३ बैशाख २०८१, बिहिबार

माधव नेपालको पत्रकार सम्मेलन : केपी ओलीमाथि आरोपको थुप्रो


माधव नेपालको पत्रकार सम्मेलन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलन जारी रहेको छ । नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन् ।

आज बिहीबार दिउँसो काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेट पत्रकार सम्मेलन आयोजना गरिएको हो । नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले बुधबार राती अबेर नयाँ दल दर्ताको प्रमाणपत्र पाएको थियो ।

केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेको बताएपनि आज जारी पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध खरो रुपमा उत्रिएका छन् । उनले एमाले बिभाजनको सम्पूर्ण दोष ओलीको टाउकोमा बिसाउने प्रयत्न गर्न गरिरहेका छन् ।

नेपालले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनिरहेको बताएका छन् । उनले यस्ता चुनौती पटक पटक सामना गरेको बताउदै बाधा अवरोध पन्छाएर अघि बढ्ने दृढता व्यक्त गरे ।

उनले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेले नयाँ पार्टीले चल्दैन स्मरण गर्दै केशरजंग रायमाझीले दक्षिपन्थी बाटो समाटेको स्मरण गरेका छन् । उनले पुष्पलाल जस्ता व्यक्तिले विद्रोह गरेर पार्टी गठन गरेर नेतृत्व गरेको सम्झदै पुष्पलालले विद्रोह गरेको पार्टीमा आफूहरु धेरै रहेको बताए ।

बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले नेपालले राम्रो रिसोर्टमा मिठो खुवाए पनि पार्टीका साधारण कार्यकतादेखि स्थायी कमिटी सदस्यसम्मका नेता-कार्यकर्ताहरुलाई लोभ-प्रलोभनमा पारेर अपहरण शैलीमा जबरर्जस्ती चन्द्रागिरी लागेको टिप्पणी गरेका थिए ।

ओलीले एमाले फुटाउन नेपालले सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाएका थिए । बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको उनले बताएका थिए ।

हिजोको पत्रकार सम्मेलनमा ओली आक्रोशित मुद्रामा प्रस्तुत हुँदै ओलीले अधिकांश समय नेपाल र सभामुख अग्नि प्रसाद सापकोटाको आलोचना गर्न खर्चेका थिए । उनले एमाले विभाजनको सम्पूर्ण दोष नेपाललाई लगाएका थिए । आज नेपालले आम नागरिकको भ्रम चिर्ने कोशिशस्वरुप ओलीको हिजोको आरोपलाई खण्डन गर्दै एमाले विभाजनको दोष ओलीलाई लगाएर ‘आफू पानीमाथिको ओभानो’ बन्न खोज्दैछन् ।

यो पनि पढ्नुहोस्

नयाँ दल दर्ता गरेपछि नेपालले ओलीलाई टक्कर दिन पहिलो पटक पत्रकार सम्मेलन गर्दै

ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक, नेपालको पार्टीमा गएका नेतालाई कारबाही गर्ने

एमाले औपचारिक रुपमै फुटेकै दिन ओली नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल

पत्नी राधिका शाक्यको जन्मदिनमा ओली छमछमी नाचेको भिडियो हेर्नुहोस्

औपचारिक रुपमै फुटयो एमाले : ओली र नेपाल नदीका दुई किनारा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु