१८ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त


कृष्णचन्द्र नेपाली

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । काँग्रेसका प्रदेश संसदीय दलका नेता समेत रहेका नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आज शनिबार नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए । अब नवनियुक्त मुख्यमन्त्री नेपालीले अव ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ ।

यद्यपि गण्डकी नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसद धर्नामा बसेका थिए । उनीहरूले मुख्यमन्त्री गुरुङले गरेको दाबी असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका थिए ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेपछि विपक्षी गठबन्धनवाट काँग्रेसका नेपालीले बहुमत दावी गर्दै प्रदेश प्रमुख पौडेल समक्ष गएका थिए ।

युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको भन्दै नेपाली मुख्यमन्त्रीका दावी गर्दै गएका थिए । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि आज २९ गते शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएकी थिइन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

विपक्षी गठबन्धनका ३१ सांसद गण्डकी प्रदेश प्रमुख निवास अगाडि धर्नामा

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश

गण्डकी प्रदेश प्रमुख पौडेलले नयाँ मुख्यमन्त्रीको छिनोफानो भोलि गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !