नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान Nepalpatra नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान
३१ जेष्ठ २०७८, सोमबार

नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान


शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍वाट विश्वासको मत नपाएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !