८ बैशाख २०८१, शनिबार

नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान


शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍वाट विश्वासको मत नपाएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !