२३ बैशाख २०८१, आइतबार

बहुप्रतिक्षित आकस्मिक मन्त्रिपरिषद्को बैठक बालुवाटारमा


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बहुप्रतिक्षित आकस्मिक मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ ।

आज बसिरहेको मन्त्रिपरिषद्को बैठकका एजेण्डा पनि खुलाइएको छैन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेमा आज शनिबार आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइनुलाई विशेष चासोका साथ हेरिएको छ ।

एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद्को बैठक बोलाएकोले कुनै महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले कोरोना महामारी लगायत विषयमा केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागी नहुने भएका छन् । तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !