१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा पार्टीको निर्देशन विपरीत मन्त्री भएका ४ जसपाका सांसद पदमुक्त


अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदलाई मुख्यमन्त्री पोखरेलले बनाए मन्त्री फाइल फोटो

बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । लुम्बिनी प्रदेशसभाले आज सूचना प्रकाशित गरी सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त गरेको जनाएको हो ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाका यी ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जना र नगरेका १ जना गरी जसपाका ४ जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका थिए ।

यसरी पार्टीको निर्देशन विपरीत मन्त्री बनेपछि ६ बैशाख गते सोमबार जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका यी ४ जना सांसदसँग स्पष्टीकरण सोधेका थिए ।

मन्त्री पदवाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएकोले जसपाले प्रदेशसभा सचिवालयमा निलम्बनको लागि सिफारिस गरेपछि लुम्बिनी प्रदेशसभाले कानुनी प्रक्रिया अवलम्बन गर्दै उनीहरुलाई पदमुक्त भएको सूचना जारी गरेको हो ।

यो पनि पढ्नुहोस्

पहिलो गाँसमै ढुंगा : मन्त्रीको सपथ लिएको २ घण्टा नबित्दै राजिनामा दिन जसपाको अल्टिमेटम

‘कुकुरलाई नुन, बैगुनीलाई गुन’ : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदलाई मुख्यमन्त्री पोखरेलले बनाए मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !