७ बैशाख २०८१, शुक्रबार

पहिलो गाँसमै ढुंगा : मन्त्रीको सपथ लिएको २ घण्टा नबित्दै राजिनामा दिन जसपाको अल्टिमेटम


अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदलाई मुख्यमन्त्री पोखरेलले बनाए मन्त्री फाइल फोटो

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई जनता समाजवादी पार्टीले निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।

मन्त्री पदवाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !