७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नयाँ मुख्मन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव


शंकर पोखरेल

बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् ।

४१ जना सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदमा नेपाली कांग्रेसका १९ जना, माओवादीका १७ जना र जसपाका ५ जना रहेका छन् ।

८७ जना सांसद रहेका लुम्बिनी प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ४१ जना सांसद छन् । २ जना सांसद माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेको कारवाही गरी पदमुक्त भएकाले नयाँ सरकार बनाउन लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।

प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७ जना, नेपाली काँग्रेसका २० जना र जसपा नेपालका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !