५ जेष्ठ २०८१, शनिबार

गोकुल बास्कोटाले गरे माधव नेपाल समूहको रणनीतिको प्रदाफास : होला त पार्टी पुनर्मिलन ?


गोकुल बास्कोटा र माधव नेपाल

काठमाडौं । चर्चित पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माधव नेपाल समूहको रणनीतिको प्रदाफास गरेका छन् । नेकपा एमाले पुनर्मिलन हुने लाग्दा बास्कोटाको यस्तो अहिलेसम्मकै कडा कटाक्ष गरिएको प्रतिक्रिया आएको हो ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले माधव नेपालको रणनीति समानान्तर कमिटीबाट कार्यकर्ता जम्मा पार्ने र संसदमा प्रधानमन्त्रीविरुद्ध फ्लोर क्रस गरेर पार्टी फुटाउने रहेको दावी गर्दै आरोप लगाएका छन् ।

हिजो सोमबार एमालेका दुवै समूहवीच भएको वार्तामा प्रगति नभएपछि बास्कोटाले संसदमा फ्लोर क्रस गरेर कारवाही भोग्ने अनि एमालेमा बस्न टिक्न दिइएन भनेर चुनावका बेला प्रचण्ड नेतृत्वको नयाँ नामाकरण गर्ने नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने रणनीति माधव नेपाल समूहको रहेको आरोप लगाउदै कटाक्ष गरेका हुन् ।

माधव नेपालले हिजो नेकपाका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल लगत्तै आफुपक्षीय सांसद तथा नेताहरुसँग बानेश्वरमा बैठकपछि गोकुल बास्कोटाले यस्तो आक्रोश प्रकट गरेका हुन् ।

उनले लेखेका छन्, ‘माधव रणनीति स्पष्ट छ, गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०-२० जनाले फ्लो क्रस गरेर कारवाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लिने र चुनाव छेक नेपाल कम्फरटेबल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुनुपर्छ जो अझै अलमलमा छन् । नत्र ४ गते भेला किन ?’

नेकपाका दुवै समूहवीच डिभोर्स हुन लागेको सम्वन्ध हिजोदेखि पुन: प्याच अप हुनलाग्दा ओलीनिकट सांसद बास्कोटाको यस्तो घोचपेचले पुनर्मिलन हुन लागेको पार्टीमा कस्तो असर गर्ला त्यो त हेर्न बाँकी छ । तर दुवै समूहका नेताहरुले यस्तो शव्दरुपी क्षेप्यात्र हान्ने काम बन्द गर्नु नै अहिले अवस्थामा ठिक होला होइन र ?

यो पनि पढ्नुहोस्

ओलीसँग भएको छलफल लगत्तै नेपालले किन गरे बानेश्वरमा बैठक ?

नेपाल भन्छन्, ‘फागुन २८ को निर्णयलाई शून्य स्थितिमा पुर्‍याउँ’

वार्ता गर्न गएका नेपाल समूहलाई ओलीले यतिसम्म भनेपछि…

ओली-नेपाल समूहवीच भनाभन: दुबै समूह आ-आफ्नै अडानमा

चार महिनापछि ओली र माधव नेपालवीच भेटवार्ता, पार्टी एक होला त ?

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?

ओलीसँग वार्ता गर्नुअघि माधव नेपालले किन गरे बानेश्वरमा छलफल ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !