२० बैशाख २०८१, बिहिबार

नेपाल भन्छन्, ‘फागुन २८ को निर्णयलाई शून्य स्थितिमा पुर्‍याउँ’


एमाले बैठक धुम्बाराही

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव नेपालले नेकपा का दुवै समूहवीच पुनर्मिलन हुनको लागि ओली समुहले फागुन २८ गते बालुवाटारमा गरेको निर्णयलाई शून्य स्थितिमा पुर्याउन अडान राखेको बताएका छन् । बैठक सकिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तर फागुन २८ गते बालुवाटारमा गरेको निर्णयलाई खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको पनि उनले बताएका छन् । एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएको थियो ।

बैठकपछि नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्‍याउँ ।’

यद्यपि ४ महिनापछि भेटवार्ता भएर संवादहिनता तोडिएर पानी बाराबारको सम्वन्ध सुधार भएर फेरि पुनर्मिलन हुने संकेत देखिनु सुखद पक्ष भने हो । तर अध्यक्ष ओली त्यसमा सहमत नभएतापनि ओली थप लचक भएर पर्ख र हेर भन्ने मनस्थितिमा रहेको बुझिएको छ ।

नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको वार्ता सौहार्दपूर्ण भएपनि विनानिष्कर्ष सकिएको छ । आजको वार्तालाई दुवै समूहले सकारात्मक रुपमै भएको बताएका छन् । यति लामो मतभेद एकचोटि बस्दैमा कहाँ मिल्छ र ? धमिलिएको मन सफा हुन र टुटेको मन मिल्न केहि समय लाग्ने देखिन्छ ।

विभाजनको संघारमा पुगेका सत्तारुढ दल नेकपाका यी दुवै समूहका शीर्ष नेताहरुवीच भएको भेटघाट सकारात्मकभएकोमा आशावादी हुनसक्ने ठाउँ देखिन्छ । बिगतमा एकअर्काले गरेका गल्ती महसूस गरेर हातेमालो गरेर यसरी नै अघि बढ्नु नै अहिले आवश्यकता हो । अर्को छलफलको मिति तय भएर दुवै समूह सहमतिमा आउन सक्ने सम्भावना देखिएको छ ।

यो पनि पढ्नुहोस्

वार्ता गर्न गएका नेपाल समूहलाई ओलीले यतिसम्म भनेपछि…

ओली-नेपाल समूहवीच भनाभन: दुबै समूह आ-आफ्नै अडानमा

चार महिनापछि ओली र माधव नेपालवीच भेटवार्ता, पार्टी एक होला त ?

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?

ओलीसँग वार्ता गर्नुअघि माधव नेपालले किन गरे बानेश्वरमा छलफल ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !