४ जेष्ठ २०८१, शुक्रबार

वार्ता गर्न गएका नेपाल समूहलाई ओलीले यतिसम्म भनेपछि…


एमाले

काठमाडौं । एमालेको अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भएक छलफलमा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेको एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार ओली र नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ । छलफलमा नेपाल समूहले २८ फागुनमा अध्यक्ष ओलीले गरेको पदाधिकारी हटाउने लगायतका एकलौटी निर्णय रद्ध हुनुपर्ने धारणा राखेका छन् ।

उपाध्यक्ष भीम रावलका अनुसार नेपाल समूहले दुबै समूहले आफू खुसी गरेका सबै गतिविधि स्थगित गर्न समेत प्रस्ताव गरे पनि ओली २८ गतेको निर्णय स्थगित गर्न सहमत भएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !