२० बैशाख २०८१, बिहिबार

ओलीसँग वार्ता गर्नुअघि माधव नेपालले किन गरे बानेश्वरमा छलफल ?


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता माधव नेपालबीच आज पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ । ओलीसँग वार्ता बस्नु अघि माधव नेपाल पक्ष नयाँ बानेश्वरमा आन्तरिक छलफल भईरहेको छ ।

विगतमा नेकपा एकीकरण भएपछि एकाएक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर लागेका नेकपा एमालेका नेता माधव नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीवीच पानी बाराबारको सम्वन्ध फेरि पुनर्मिलन हुने संकेत देखिनु राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

विशेष स्रोतका अनुसार ओलीसँग वार्ता गर्न ४ जना नेता धुम्बाराही पार्टी कार्यालयमा जाँदैछन् । वार्तामा को-को जाने भन्ने पनि सोही छलफलबाट तय हुने बताइएको छ । संस्थापन पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा बस्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो । दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापान समेत ओलीले राखेका छन् ।

ओलीले बालुवाटार बोलाएपनि नेपाल त्यहाँ जान तयार नभएपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ । ओली र नेपाल बीच ४ महिनापछि भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेको प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो । भेटमा ओली र नेपालसँगै दुबै पक्षका अरू केही नेताहरू सहभागी हुने स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयको प्रतिक्रियामा नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ । प्रधानमन्त्री ओलीले चैत ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् भोलि चैत ३ गते चियापानका लागि निम्तो दिएका छन् ।

यो पनि पढ्नुहोस्

पानी बाराबारको अवस्थामा रहेका ओली र नेपालवीच धुम्बाराहीमा भेटवार्ता हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !