२५ बैशाख २०८१, मंगलबार

पानी बाराबारको अवस्थामा रहेका ओली र नेपालवीच धुम्बाराहीमा भेटवार्ता हुँदै


माधव नेपाल फाइल फोटो

काठमाडौं । विगतमा नेकपा एकीकरण भएपछि एकाएक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर लागेका नेकपा एमालेका नेता माधव नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीवीच पानी बाराबारको सम्वन्ध फेरि पुनर्मिलन हुने संकेत देखिनु राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपाल बीच आज भेटवार्ता हुँदैछ । स्रोतका अनुसार अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो । ओलीले बालुवाटार बोलाएपनि नेपाल त्यहाँ जान तयार नभएपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ ।

ओली र नेपाल बीच ४ महिनापछि भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो । दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापान समेत ओलीले राखेका छन् ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेको प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो । भेटमा ओली र नेपालसँगै दुबै पक्षका अरू केही नेताहरू सहभागी हुने स्रोतले बताएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट र संवाद भएको छैन। प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेता नेपालसहित सो समूहका मुख्य नेताहरूको जिम्मेवारी खोसेर पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेपछि एमालेभित्रको विवाद तीव्र रूपले बढेको छ ।

प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयको प्रतिक्रियामा नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ । प्रधानमन्त्री ओलीले चैत ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् भोलि चैत ३ गते चियापानका लागि निम्तो दिएका छन् ।

अन्तत: विभाजनको संघारमा पुगेका सत्तारुढ दल नेकपाका यी दुवै समूहका शीर्ष नेताहरुवीच भेटघाट हुने आम जनताको लागि खुशीको कुरा हो किनभने जनताले कुनै पार्टीको विभाजन रुचाउदैनन् । जनताको चाहना भनेको देशमा राजनीतिक स्थायित्व होस् भन्ने नै हो ।

हुनपनि एउटै खाटमा सुतेपछि कहिलेकाहीं गोढाले लाग्नु स्वाभाविक हो । आपसी समझदारीवाट पार्टीमा देखिएको विवाद समाधान गर्नु देशकै लागि सुखद पक्ष हो । बिगतमा एकअर्काले गरेका गल्ती महसूस गरेर हातेमालो गरेर यसरी नै अघि बढेको राम्रो हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !