२० बैशाख २०८१, बिहिबार

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?


वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच भेटवार्ता हुनै लाग्दा उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाउनुलाई आम जनताले विशेष चासोका साथ हेरिरहेका छ । के गौतमले पुन: एमालेलाई एकता गराउन सक्लान् त ? भन्ने जस्ता जिज्ञासा पनि बढेको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको गौतम निकट नेताले बताए । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ ।

यो पनि पढ्नुहोस्

पानी बाराबारको अवस्थामा रहेका ओली र नेपालवीच धुम्बाराहीमा भेटवार्ता हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !