२० बैशाख २०८१, बिहिबार

ओलीसँग भएको छलफल लगत्तै नेपालले किन गरे बानेश्वरमा बैठक ?


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव नेपालले नेकपाका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल लगत्तै आफुपक्षीय सांसद तथा नेताहरुसँग बानेश्वरमा बैठक जारी रहेको छ ।

नेकपा एमालेको खनाल-नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएको छ । आज पार्टी अध्यक्ष ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । ओलीसँग कुरा नमिलेपछि नेपालले आफुपक्षीय नेताहरुसँग छलफल थालेको पनि बुझिएको छ ।

ओली र माधव पक्षबीच भएको छलफलमा फागुन २८ को निर्णय फिर्ता लिन ओली असहमत भएका थिए । नेपाल समूहले दुवै समूहवीच पुनर्मिलन हुनको लागि ओली समुहले फागुन २८ गते बालुवाटारमा गरेको निर्णयलाई शून्य स्थितिमा पुर्याउन अडान राखेको बैठक सकिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका थिए ।

तर फागुन २८ गते बालुवाटारमा गरेको निर्णयलाई खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको पनि उनले बताएका छन् । एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएको थियो । खनाल-नेपाल समूहका नेताहरुको छलफल बानेश्वरमा जारी छ ।

यो पनि पढ्नुहोस्

नेपाल भन्छन्, ‘फागुन २८ को निर्णयलाई शून्य स्थितिमा पुर्‍याउँ’

वार्ता गर्न गएका नेपाल समूहलाई ओलीले यतिसम्म भनेपछि…

ओली-नेपाल समूहवीच भनाभन: दुबै समूह आ-आफ्नै अडानमा

चार महिनापछि ओली र माधव नेपालवीच भेटवार्ता, पार्टी एक होला त ?

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?

ओलीसँग वार्ता गर्नुअघि माधव नेपालले किन गरे बानेश्वरमा छलफल ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !