१५ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभा विघटनपछि धुम्बाराही पहिलोपटक ओली नेपालको छलफल शुरु


एमाले

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि धुम्बाराही पहिलोपटक प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता माधव नेपालबीच छलफल शुरु भएको छ । तीन महिनापछि पहिलोपटक खनाल-नेपाल समूह नेकपा पार्टी कार्यालय धुम्बाराही आफ्नो माइतघरमा पुगेर ओलीसँग भएको पानी बाराबारको सम्वन्ध फेरि पुनर्मिलन हुने संकेत देखिएको छ ।

विशेष स्रोतका अनुसार खनाल-नेपाल पक्षले ओलीसँग वार्ता गर्न नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी भएका छन् भने पार्टी संस्थापन पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा बस्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो । दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापान समेत ओलीले राखेका छन् ।

ओलीले बालुवाटार बोलाएपनि नेपाल त्यहाँ जान तयार नभएपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ । ओली र नेपाल बीच ४ महिनापछि भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेको प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो । भेटमा ओली र नेपालसँगै दुबै पक्षका अरू केही नेताहरू सहभागी हुने स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयको प्रतिक्रियामा नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ । प्रधानमन्त्री ओलीले चैत ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् भोलि चैत ३ गते चियापानका लागि निम्तो दिएका छन् ।

यो पनि पढ्नुहोस्

वामदेवले पनि बोलाए आफूनिकट समूहको बैठक, सक्लान् त गौतमले पुन: एकता गराउन एमालेलाई ?

ओलीसँग वार्ता गर्नुअघि माधव नेपालले किन गरे बानेश्वरमा छलफल ?

पानी बाराबारको अवस्थामा रहेका ओली र नेपालवीच धुम्बाराहीमा भेटवार्ता हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !