७ बैशाख २०८१, शुक्रबार

आफू मारिन सक्ने खतरा रहेको प्रधानमन्त्री ओलीले गरे संकेत

आफूमाथि सुरक्षा खतरा रहेको प्रधानमन्त्री ओलीद्वारा दावी


केपी शर्मा ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मारिन सक्ने खतरा रहेको खुलासा गरेका छन् । साथै उनले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्ने समेत बताएका छन् । तर आफूलाई कहाँवाट त्यस्तो सुरक्षा खतरा भएको भनेर उनले खुलाएनन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने खतरा रहेको संकेत गरेका हुन् । ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका हुन् ।

ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन् । उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइरहेको हुनाले, सरकार ठिक ढङ्गले चलाइरहेको हुनाले, सरकार गतिशील र प्रभावकारी रुपमा चलिरहेको हुनाले, विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले म माथि प्रहार गरियो । सम्पूर्ण रुपमा म माथि अत्यन्तै तीव्र गतिले प्रहार गरियो,’ ओलीले भने ।

उनले आफूमाथि कुनै प्रकारको शारीरिक हमला नै भएपनि अनौठो नमान्न समेत बताए। ‘यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यानमाथि तलमाथि भइहाल्यो भनेपनि तपाईंहरु अनौठो नमान्नुहोला । तर, त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउछौं,’ उनले भने,‘म रहिन्न भनेपनि केही छैन । आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन । पार्टीको भविष्य अन्धकार हुन दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन नेता कार्यकर्तालाई आग्रह गरे । उनले प्रचण्ड-नेपाल समूहतिर लक्षित गर्दै आफूहरु अहिले अपराधिक तत्वसँग लडिरहेको समेत बताए । पार्टी र आन्दोलन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफुले छाडे मुलुक खाडलमा जाने दाबी पनि गरे ।

यहि देश हो जहाँ कोत पर्व र भण्डारखाल पर्व गराएर कैयौको हत्या गरिएको थियो । साथै दरवार हत्याकाण्ड भएर राजा वीरेन्द्रको बंशनाश भएको थियो भने दासढुंगामा जिप दुर्घटना गराएर जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको हत्या गरिएको थियो ।

पछिल्लो समय नेपाली राजनीतक घटनाक्रम अनुसार नयाँ सरकार गठनको बारेमा अन्य दलहरूवीच छलफल चलिरहेको परिप्रेक्षमा र सत्ता संघर्ष चर्कदै जाँदा प्रधानमन्त्री ओलीले आफैमाथि सुरक्षा खतरा रहेको बताएपछि यसले राजनीतिक तरंग ल्याएको छ ।

प्रधानमन्त्री जस्तो देशको कार्यकारी पदमा आसिन व्यक्तित्वले आफूमाथि सुरक्षा खतरा रहेको संकेत गर्नु बिडम्वनाको कुरा हो । गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको यस विषयमा गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली

संसदीय दलको बैठक बोलाइदिन्छु, नेता फेरेर देखाउनुहोस् : प्रधानमन्त्री ओली

केन्द्रिय कमिटी यो हातले बनाएको हुँ, यो हातले काट्न सक्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली भन्छन्, ‘ममाथि शारीरिक हमला हुनसक्छ’

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हो, मैले हटाइदिए : प्रधानमन्त्री ओली

ओलीलाई झन् कम्फर्टेबल : प्रचण्ड-नेपाल समूहले अविश्वास प्रस्ताव अगाडि नबढाउने

प्रचण्ड-नेपालप्रति ओलीको टिप्पणी : देशलाई बर्बाद पार्ने एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !