११ बैशाख २०८१, मंगलबार

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हो, मैले हटाइदिए : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले देव गुरुङलाई आफूले प्रमुख सचेतक बनाएकोले फेरि आफैले हटाइदिएको धारणा व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै ओलीले आफू नेकपाको संसदीय दलको नेता भएकोले आफूले गुरुङलाई हटाएको दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएपछि फाल्गुन १४ गते शुक्रबार प्रचण्ड-नेपाल समूह निकट देव गुरुङलाई प्रमुख सचेतकबाट हटाई आफ्नो समूहका संसद विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समूहद्वारा गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय अस्वीकार, अब के होला ?

ओलीले देव गुरूङलाई हटाए : प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !