ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली Nepalpatra ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली
९ बैशाख २०७८, बिहिबार

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली भन्छन्, 'ममाथि शारीरिक हमला हुनसक्छ'


केपी शर्मा ओली

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने खतरा रहेको संकेत गरेका छन् । ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका छन्।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन् । उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइरहेको हुनाले, सरकार ठिक ढङ्गले चलाइरहेको हुनाले, सरकार गतिशील र प्रभावकारी रुपमा चलिरहेको हुनाले, विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले म माथि प्रहार गरियो। सम्पूर्ण रुपमा म माथि अत्यन्तै तीव्र गतिले प्रहार गरियो,’ ओलीले भने।

उनले आफूमाथि कुनै प्रकारको शारीरिक हमला नै भएपनि अनौठो नमान्न समेत बताए। ‘यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यानमाथि तलमाथि भइहाल्यो भनेपनि तपाईंहरु अनौठो नमान्नुहोला । तर, त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउछौं,’ उनले भने,‘म रहिन्न भनेपनि केही छैन । आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन। देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन। पार्टीको भविष्य अन्धकार हुन दिनुहुँदैन।’

ओलीले देव गुरुङलाई आफूले प्रमुख सचेतक बनाएकोले फेरि आफैले हटाइदिएको धारणा व्यक्त गरेका छन् । ओलीले आफू नेकपाको संसदीय दलको नेता भएकोले आफूले गुरुङलाई हटाएको दावी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हो, मैले हटाइदिए : प्रधानमन्त्री ओली

प्रचण्ड-नेपाल समूहद्वारा गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय अस्वीकार, अब के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !