८ बैशाख २०८१, शनिबार

ओलीलाई झन् कम्फर्टेबल : प्रचण्ड-नेपाल समूहले अविश्वास प्रस्ताव अगाडि नबढाउने


ओली, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसदमा दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ । संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव के होला ? भन्ने चासो व्याप्त भई रहेका बेला प्रचण्ड-नेपाल समूहले अघि नबढाउने निर्णय गरेसंगै प्रधानमन्त्री ओलीलाई तत्कालको लागि राहत महसुस भएको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी लगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव अघि लैजाने संकेत गरेको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ गते संसद सचिवालयमा लगेको अविश्वास प्रस्तावलाई अगाडि नबढाउने र बदलिँदो परिस्थिति अनुसार दलहरूसँग छलफलपछि अविश्वास प्रस्ताव लैजाने तयारीमा प्रचण्ड-नेपाल समूह रहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले गत फागुन ११ गते बदर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेपछि प्रचण्ड-नेपाल समूहले कांग्रेस र जसपासँग सहकार्यको प्रस्ताव गरेपनि सहमति भइ नसकेको अवस्था रहेको छ ।

प्रचण्ड-नेपाल समूह नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अरू पार्टीहरूसँग छलफल गरेर अविश्वास प्रस्तावबारे अब कसरी अगाडि बढ्ने भन्ने कुराकानी भइरहेको जानकारी दिएका छन् । तर नेकपाका अर्का एक सांसदका अनुसार पहिले पेश गरिएको अविश्वास प्रस्ताव फिर्ता गर्ने तयारी गरेको छ ।

शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने भएकाले पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

सकेसम्म आफूहरूकै नेतृत्वमा नयाँ सरकार बनाउने र कांग्रेस तथा जसपाले नमान्ने अवस्था रह्यो भने उनीहरूसँग सहकार्य गरेर जाने पार्टीमा छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको कुराभन्दा पनि मानिसहरूले दुई तिहाइ नजिकको आफ्नै सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाएको आरोप आफूहरूमाथि लाग्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन् ।

राजनीतिक र कानूनी समस्याका कारण प्रचण्ड-नेपाल समूह अघि बढ्न नसकेको हो । संसद विघटनको अवधिलाई सर्वोच्चले शून्य समय मानेको छ । प्रवक्ता श्रेष्ठका अनुसार नयाँ पृष्ठभूमिमा अविश्वासको प्रस्ताव वा सरकार परिवर्तनको प्रक्रिया अगाडि बढ्नेछ ।

यो पनि पढ्नुहोस्

संसदीय दलको बैठक बोलाइदिन्छु, नेता फेरेर देखाउनुहोस् : प्रधानमन्त्री ओली

केन्द्रिय कमिटी यो हातले बनाएको हुँ, यो हातले काट्न सक्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली भन्छन्, ‘ममाथि शारीरिक हमला हुनसक्छ’

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हो, मैले हटाइदिए : प्रधानमन्त्री ओली

प्रचण्ड-नेपालप्रति ओलीको टिप्पणी : देशलाई बर्बाद पार्ने एउटा मिस्टर हेल्लो, अर्को मिस्टर कम्फर्टेबल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !