२३ बैशाख २०८१, आइतबार

प्रचण्ड-नेपाल समूहको आमहड्ताल : ओली समूहको मार्चपास


प्रचण्ड-नेपाल समूह र ओली समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईसमूहवीच होडवाजी चलेको छ । आज एकातिर प्रचण्ड-नेपाल समूहले देशभर आमहड्ताल गरेको छ भने अर्कोतिर ओली समूहले राजधानी काठमाडौँमा मार्चपास गरेको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज बिहीबार एकदिन देशव्यापी आमहड्तालमा उत्रिएको उक्त छ । तर ओली समूहले राजधानीमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको हो ।

राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमं सेवकले बाल्मिकी कलेजबाट मार्चपास सुरु गरेर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको छ । ओली समूहले भोली माघ २३ गते राजधानीमा बृहत जनसभा गर्दैछ ।

‘नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको हो । गत पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा राजनीतिक रुपमा विभाजन भएको छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बिहीबार ललितपुरको सातदोबाटो चोकमा सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै बताएका छन् । यस्तै माघ २८ गते विशाल प्रदर्शन हुने र त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलनले केपी ओली सरकारको आयु सकिने बताए ।

उनले आफूहरुको आन्दोलनमा नेपाली जनता साथमा रहेको पनि बताए । प्रचण्ड सहभागी जुलुसमा कार्यकर्ताहरूले ‘आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौं’ लगायत नारा लगाएका थिए ।

यो पनि पढ्नुहोस्

सिन्धुलीमा प्रचण्ड-नेपाल र ओली समूहबीच झडप

अष्टलक्ष्मी शाक्य कलंकीवाट पक्राउ

जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप, पूर्वमन्त्री झा घाइते

जनताको लागि गाडी बन्द, प्रचण्ड भने सुरक्षागार्ड सहित गाडी चढेर आन्दोलनमा

प्रचण्ड-नेपाल समूहका आन्दोलनकारीले सडकमै भात पकाएर खाए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !