१२ बैशाख २०८१, बुधबार

प्रचण्ड-नेपाल समूहका आन्दोलनकारीले सडकमै भात पकाएर खाए


प्रचण्ड-नेपाल समूहका आन्दोलनकारीले सडकमै भात पकाएर खाए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज बिहीबार एकदिन देशव्यापी आमहड्तालमा उत्रिएको उक्त समूहका नेता कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् ।

आज बिहीबार कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका आन्दोलनकारीले क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर लगभग ४/५ सय मानिसले भेज खाना खाएका हुन् । सडकमा खाना पकाउने क्रममा प्रहरीसँग केहीबेर भनाभन र धकेलाधकेल समेत भएको थियो ।

साथै उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने समेत बताएका छन् । यस्तै माघ २८ गते विशाल प्रदर्शन हुने र त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलनले केपी ओली सरकारको आयु सकिने आमहड्ताल सफल पार्न बिहीबार ललितपुरको सातदोबाटो चोकमा सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

यो पनि पढ्नुहोस्

माधव नेपाल कार्यकर्ताले हाँकेको स्कुटर चढेर आन्दोलनमा

जनताको लागि गाडी बन्द, प्रचण्ड भने सुरक्षागार्ड सहित गाडी चढेर आन्दोलनमा

सडकमै बसेर चिउरा चपाउन थाले प्रचण्ड !

ओली सरकारले जंगली राज चलाउन खोज्यो : अध्यक्ष प्रचण्ड

फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ, केपी ओलीको आयु सकिन्छ : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु