२० बैशाख २०८१, बिहिबार

आयोगलाई दल दर्ता प्रक्रिया अगाडि बढाउन ओली समूहको आग्रह

नेकपाको आधिकारिकता विवाद टुंगिइसकेकोले आयोग निर्वाचनको तयारीमा जुटेयो : सुवास नेम्वाङ


सुवास नेम्वाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेकोले आयोग निर्वाचनको तयारीमा जुटेको दाबी गरेका छन् । उक्त समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आयोगले सुचना प्रकाशन गर्ने विषय र निर्वाचनको तयारीका लागि २ वटा विषयमा छलफल गर्न दुवै समूहलाई बोलाएको थियो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा मात्रै छलफल नेम्वाङले जानकारी दिए ।

तर नेकपाका दुबै समूहसँग गर्न लागिएको छलफलमा उक्त समूह सहभागी नभई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ । नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल काठमाडौं बाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराएको छ ।

उक्त समूहका अध्यक्षद्धय माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड-माधव समूहले बताएको हो ।

नेकपाको ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताएका हुन् ।

यसअघि पुस ५ पछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाएको आयोगले दुवै पक्षले गरेका निर्णयलाई खारेज गरेको जनाएको थियो । निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिएर दुबै समूहको माग दावीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

माघ ११ गते आइतबार बसेको आयोगको बैठकले दुबैको माग दाबी नपुगेको निष्कर्ष निकालेको थियो । नेकपाको ओली समूह र प्रचण्ड-नेपाल समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगले गरेको थियो । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँग माग्यो थप समय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !